अल्पाईन डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड

Nov 12, 2017 Merolagani

अल्पाइन डेभलपमेन्ट बैंक (ALDBL) ले कात्तिक १६ गतेदेखि लिलामीमा राखेको हकप्रदमा अवितरित २ लाख ५९ हजार २४९ कित्ता सेयरको बोलपत्र शुक्रबार खुला भएको छ ।

बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको प्रारम्भिक जानकारी अनुसार १८७ रुपैयाँ १४ पैसा भन्दा माथि बोलकबोल गरेर आवेदन गर्ने साधारण सेयरका बोलपत्रदाताले सेयर पाएका छन् । बैंकले साधारण समूहको ७१ हजार ५७१ कित्ता सेयर लिलामीमा राखेको थियो । जसमा अधिकतम २५० रुपैयाँ ६० पैसासम्मको आवेदन परेको क्यापिटलले जनाएको छ ।

त्यसैगरि एक लाख ८७ हजार ६७८ कित्ता संस्थापक समूहको सेयरका लागि ६ जना आवेदकको माग परेकोमा सबै आवेदकले सेयर प्राप्त गरेका छन् । संस्थापक सेयरका लागि एक सय रुपैयाँमा नै सबै बोलपत्र प्राप्त भएको क्यापिटलले जनाएको छ ।

अल्पाइनले असार २५ देखि साउन २९ गतेसम्म १८ लाख ३ हजार २४७ कित्ता ९६९ कित्ता सेयर बिक्री खुला गरेकोमा अवितरित सेयर लिलामी मार्फत विक्रीमा ल्याएको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

२६ करोड ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको अल्पाइनको हकप्रद विक्रीपछि ४४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको छ । गत आर्थिक वर्षमा ६ करोड २७ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ११ पैसा कायम गरेको छ ।बैंकको सेयरमूल्य आईतबार प्रतिकित्ता २५८ रुपैयाँ रहेको छ ।

हेटौडा–४, मकवानपुरमा प्रधान कार्यालय रहेको अल्पाइन सेञ्चुरी बैंकसँग प्राप्ती प्रकृयामा रहेको छ ।

 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।