ओरियन्टल होटल्सको आम्दानी घट्दा नाफा ३८ हजार मात्र बढ्यो

Nov 16, 2017 merolagani

ओरियन्टल होटल्स लिमिटेड (OHL) ले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ करोड ५५ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको नाफा गतबर्षको यसै अवधिको तुलनामा मात्र ०.१४ प्रतिशत अर्थात ३८ हजार मात्र बढी हो ।



गत आवको सोही अवधिमा कम्पनीले २ करोड ५५ लाख १६ हजार रुपैयाँ नाफा गरेको थियो । होटलको नाफामा सामान्य बढेपनि कमाई भने बढेको छैन । कमाई बढाएर भन्दा पनि खर्च कटौती गरेर कम्पनीले नाफा सामान्य बढाउन सकेको हो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानीमा ०.११ प्रतिशत कमी आएको छ । कम्पनीले यसअवधिमा २० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ भने १४ करोड १९ लाख खर्च गरेको छ । गतबर्षको यसै अवधिमा कम्पनीले २० करोड ४० लाख आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ३ रुपैयाँ २३ पैसामा सीमित भएको छ । गतबर्ष यस्तो आम्दानी ३ रुपैयाँ ८७ पैसा थियो । ७९ करोड चुक्तापूँजी भएको कम्पनीको संचित कोषमा १ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।