विहीबार वित्तीय विवरण प्रकाशित गर्ने हाइड्रो कम्पनीहरुको यस्तो छ हालत

Nov 16, 2017 merolagani

विहीबार आधादर्जन  जलविद्युत कम्पनीहरुले चालु आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गरेका छन । बुटवल पावर कम्पनी (BPCL),सानिमा हाइड्रो(SHPC),हिमालयन पावर(HPPL),सिनर्जी हाइड्रो (SPDL),अपि पावर (API) र अरुण काबेली(AKPL) ले विहीबार पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन । ती मध्ये सबैजसो कम्पनीको कमाई घटेको छ ।



बुटवल पावरको नाफा २३४ प्रतिशतले बढ्यो

बुटवल पावर कम्पनीले पहिलो त्रैमासमा ७ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको तुलनाभन्दा २३४ प्रतिशतले बढी हो । कम्पनीले गत वर्षको यसै अवधिमा २ करोड १५ लाख कमाएको थियो ।
१ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ पु¥याएको छ ।

बुटवल पावरको प्रतिशेयर आम्दानी ३.९९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६०.७९ गुणा र प्रतिशेयर नेटवर्थ २३०.८५ रुपैयाँ रहेको छ ।

सानिमामाई हाइड्रोको नाफा घट्यो

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमामाई हाइड्रोपावर लिमिटेडको नाफा घटेको छ । पहिलो ३ महिनामा कम्पनीले १५ करोड १९ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा सानिमाको नाफा १७ करोड रुपैयाँ थियो ।

गत वर्षको तुलनामा यो वर्ष सानिमामाईको नाफा झण्डै २ करोड रुपैयाँ घटेको हो कम्पनीले बिजुली बेचेर गर्ने आम्दानीमा पनि गिरावट आएपछि नाफा घटेको हो । असोजसम्म कम्पनीले बिजुली बिक्री र अन्य स्रोतबाट गरी २९ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ४१ पैसा छ ।

अपि पावरको नाफामा गिरावट

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अपि पावर कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । असोजसम्म कम्पनीले १ करोड ६५ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । गतबर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ५ लाख कम हो । गतबर्ष कम्पनीले १ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बिजुली बेचेर हुने आम्दानीमा गिरावट आएपछि नाफा घटेको हो । अपीले यसअवधिमा ४ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा अपीको आम्दानी ४ करोड ६१ लाख रुपैयाँ थियो ।

नाफामा कमी आएपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आई ६ रुपैयाँ ३२ पैसामा सीमिति भएको छ ।

सिनर्जी अझै ११ करोड नोक्सानमा

सिनर्जी पावर डेभलपमेन्ट लिमिटडले पहिलो त्रैमाससम्ममा ११ करोड ८१ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षकोे सोहि अवधिमा पनि १४ करोड ५७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । एकबर्षको अवधिमा कम्पनीले झण्डै चार करोड नोक्सान घटाएको छ ।

कम्पनीको आम्दानी र संचालन मुनाफा बढेपछी घाटा क मगर्न मद्यत पुगेको हो । कम्पनीले यसअवधिमा ८ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ४.८५ रुपैयाँ, मुल्य आम्दनीको अनुपात २.९५ प्रतिशत, प्रति शेयर नेटवर्थ ८३.१३ रुपैयाँ र बजार मूल्य प्रति शेयर १६२ रुपैयाँ रहेको छ ।

अरुण काबली पनि घाटामै

अरुण काबेली पावर लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जुन गत वर्षको सोहि अवधिमा भन्दा एक लाख कम हो । गतबर्षको यसै अवधिमा कम्पनी १० लाख रुपैयाँ नोक्सानमा थियो ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोष १ करोड ४८ लाख रुपैयाँ नकारात्मक छ ।
अरुण काबेली पावरको प्रतिशेयर नेटवर्थ ९९ दशमलव ०१ रुपैयाँ, तरलता अनुपात १ दशमलव ७४ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २७१ दशमलव २८ रुपैयाँ रहेको छ ।

हिमालयनको कमाई नै छैन

हिमालयन पावर पार्टनरले भने विजुली उत्पादन र आय हुने कामै नगरेकाले खाली बित्तीय विवरण प्रकाशित गरेको छ । उसको चुक्ता पूँजी एक अर्ब ६ करोड छ । कम्पनीले केही समय अघि मात्र सर्वसाधारणमा सेयर जारी गरेको थियो ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।