सोल्टी होटलको सेयरमूल्य समायोजन

Nov 20, 2017 Merolagani

नेपाल स्टक एक्सचेञ्चले सोमबार सोल्टी होटल (SHL) को सेयरमूल्य समायोजन गरेको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो ।

नेप्सेले होटलको १५ प्रतिशत बोनसपछि प्रतिकित्ता २६९ रुपैयाँ मूल्य कायम गरेको छ । जसको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य २९९ रुपैयाँ कायम गरेको छ ।

यसअनुसार साेमबार हाेटलकाे सेयर २६९ रूपैयाँलाक्इर् अाधार मानेर काराेबार सुरू हुनेछ ।

होटलले मंसिर २८ गते आर्मी अफिर्सस क्लबमा बिहान ११ बजे ४३ औं बार्षिक साधारण सभा बोलाएको छ ।

५७ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सोल्टीले गत आर्थिक बर्षमा १८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । १५ प्रतिशत बोनस सेयरपछि होटलको चुक्ता पूँजी ६६ करोड ५९ लाख रुपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १७७ कोठाको स्तरोन्नती तथा भित्री सजावटका लागि बन्द  भएपछि सोल्टीको मुनाफामा अत्याधिक गिरावट आएको छ । गत बर्ष ३ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेकामा अहिले ३५ लाख ३५ हजार रुपैयाँ मात्र खुद नाफा गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।