पञ्चकन्या माई हाइड्रोलार्इ ११ लाख कित्ता सेयर जारी गर्न अनुमति

Nov 23, 2017 Merolagani

पञ्चकन्या माई हाइड्रोपावर कम्पनी (PMHL) ले स्थानिय बासिन्दालाई जारी गर्ने भएको छ । कम्पनीलाई मंगलबार धितोपत्र बोर्डले एक सय रुपैयाँ दरको ११ लाख कित्ता साधारण सेयर जारी गर्न अनुमति प्रदान गरेको हो ।

पञ्चकन्या माई हाइड्रोले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत रकमको आइपीओ बिक्री गर्न अनुमति पाएको हो । स्थानीयलाई सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि दोस्रो चरणमा फेरी १० प्रतिशत बराबरको सेयर साधारणमा जारी गर्नेछ । 

साधारण सेयर जारी गर्नका लागि कम्पनीले सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई संयुक्त रुपमा बिक्री प्रबन्धकको जिम्मेवारी तोकेको छ ।

पञ्चकन्या माई हाइड्रोले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई हाइड्रापावर आयोजना सञ्चालनमा छ भने ६ दशमलव १ मेगावाटको कास्केड आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।