सेञ्चुरीले अल्पाईन र सेतीलाई मिलाएर मंसिर २४ देखि एकीकृत कारोबार गर्ने

Nov 30, 2017 Merolagani

सेञ्चुरी कर्मर्सियल बैंक (CCBL) ले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वायर गरि मंसिर २४ देखि एकीकृत कारोबार गर्ने भएको छ । राष्ट्र बैंकले मंसिर ४ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर ११ गते अन्तिम स्वीकृति पाएपछि बैंकलाई एकीकृत कारोबारको बाटो खुला भएको हो ।

एकीकृत कारोबार सेञ्चुरी बैंकको नामबाट हुनेछ भने सेञ्चुरी बैंकको प्रधान कार्यालय रहेको पुतलिसडक बाटै सञ्चालन हुने जनाइएको छ । एकीकृत कारोबारका लागि तीनवटै संस्थाको तथ्यांकलाई एउटै सफ्टवेयरमा मिलान गर्ने व्यवस्था मिलाउन मंसिर २२ गते अल्पाइन र सेतीको सम्पूर्ण बैंकिङ सेवा बन्द हुनेछ ।

सेञ्चुरीले अल्पाइनको एक सय कित्ता बराबर सेञ्चुरीको ९३ कित्ता तथा सेती फाइनान्सको एक सय कित्ता सेयर बराबर सेञ्चुरीको ७० कित्ता स्वाप रेसियो हुनेगरी प्राप्ती गरेको हो । सेञ्चुरीको भदौ २३ गते सम्पन्न विशेष साधारण सभाबाट सो प्रस्ताव पारित भएको थियो । उता अल्पाइनको साउन १५ तथा सेतीको साउन १६ सम्पन्न विशेष सधारण सभाले सेञ्चुरीमा प्राप्ती हुने निर्णय गरेका थिए ।

 

दुबै संस्था प्राप्ती पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब नाघ्नेछ भने शाखा संख्या करिब ९० पुग्ने बैंकले जनाएको छ । साउन १६ गतेदेखि असोज २ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशत अर्थात एक अर्ब ८८ करोड रुपैयाँको हकप्रद सेयर जारी गरेपछि बैंकको पूँजी ७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । 

राष्ट्र बैंकको निर्देशन अनुरुप राष्ट्रियस्तरको बाणिज्य बैंकले आठ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने भएकाले अपुग रकम बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरि पुरा गर्नेछ । सेञ्चुरीले गत आवमा ४४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

चुक्ता पूँजी पुर्याउने क्रममा बैंकले यसअघि इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गरिसकेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।