गोर्खाज फाइनान्स र खानीखोला हाईड्रोपावरले तोके बुकक्लोज

Dec 19, 2017 Merolagani

गोर्खाज फाइनान्स (GUFL) र खानीखोला हाईड्रोपावर कम्पनी (KKHC) ले साधारण सभाका लागि मंगलबार बुकक्लोज मिति निर्धारण गरेका छन् । गोर्खाजले पुस १४ गते तथा खानिखोला हाईड्रोपावर कम्पनीले पुस १८ गतेदेखि साधारण सभाको दिनसम्म सेयरधनी किताब बन्द गर्ने भएका हुन् ।

गोर्खाज फाइनान्सले पुस २५ गते मंगलबार साधारण सभा गर्ने भएको छ भने खानीखोला हाईड्रोपावर कम्पनीले पुस २८ गते साधारण गर्ने जनाएको छ । गोखार्जको मंगलबार नेप्सेमा प्रतिकित्ता सेयरमूल्य १५९ रुपैयाँ तथा खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५२ रुपैयाँ रहेको छ ।

 

 

 

 

 

  

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स  

गत आर्थिक बर्षमा गोर्खाजले १३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ चार पैसा काय गरेको थियो । खानीखोलाले गत आवको वित्तीय विवरण नै प्रकाशित गरेको छैन । नियमनकारी निकायकाे अभावमा हाेटल र हाइड्राे पावर कम्पनीमा सार्वजनिक जानकारीमा ल्याउनुपर्ने धेरै सूचना अहिले पनि सेयरधनीले पाउन सकेका छैनन् । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।