यूनाइटेड इन्स्योरेन्स र नेपाल ग्रामिण विकास कहिले तोके बुकक्लोज ?

Dec 19, 2017 Merolagani

यूनाइटेड इन्स्योरेन्स (UIC) र नेपाल ग्रामिण विकास बैंक (NGBBL) ले साधारण सभाका लागि सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गरेका छन् । युनाईटेड र ग्रामिण दुबैले पुस १२ गतेदेखि साधारण सभा नभएसम्मको लागि सेयरधनी किताब बन्द गर्ने भएका हुन् ।

यूनाइटेडले पुस २६ गते कार्की बैंङ्क्वेटमा बिहान १० बजे २३ औं बार्षिक साधारण सभा बोलाएको छ । गत आर्थिक बर्षमा युनाइटेड इन्स्योरेन्सले १७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएपनि अझै ७ करोड ६७ लाख रुपैयाँ जगेडा नोक्सानीमा रहेकाले कुनै लाभांश वितरण नगर्ने भएको छ ।

सभामा लेखापरिक्षक नियुक्ति, सञ्चालक समिति सदस्यहरु (संस्थापक र साधारण) को निर्वाचन र नाफा नोक्सान हिसाब तथा वित्तीय विवरण छलफल गरि पारित गर्ने रहेका छन् । 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

उता ग्रामिण विकास बैंकले पुस २८ गते साधारण गर्न पुस १२ गतेदेखि साधारण सभा नभएसम्मको लागि बुकक्लोज गर्ने घोषणा गरेका छ ।

यसअनुसार पुस ११ गतेसम्म कायम रहेका सेयरधनी साधारण सभामा सहभागि हुन सक्नेछन् । नेपाल ग्रामिण विकास बैंकले गत आवमा १६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।