जनउत्थानले २० प्रतिशत बोनस बाँड्न डाक्याे साधारण सभा

Dec 24, 2017 Merolagani

जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले २० प्रतिशत बोनस पारित गर्न पुस ३० गते रोज पार्टी प्यालेस, कालिकानगर, बुटवलमा विहान ११ बजे सातौं वार्षिक साधारणसभा डाकेको छ ।

साधारण सभाबाट लघुवित्तले चुक्ता पूँजी दुई करोड ४० लाख रुपैयाँको २० प्रतिशत (४८ लाख) बोनसपछि कायम हुने पूँजी दुई करोड ८८ लाख रुपैयाँको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्देछ ।

अन्य प्रस्तावहरुमा बीमा तथा सेवामूलक एजेन्सी लिई कार्य गर्ने, बोनस तथा हकप्रद शेयर जारी पश्चात बैङ्कको अधिकृत पूँजी १० करोडमा वृद्धि गर्ने, सञ्चालक संख्यामा संसोधन, वित्तीय संस्थाको नाम बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनअनुसार परिवर्तन गर्ने, र लेखापरिक्षक नियुक्ति गर्ने रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

त्यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट आएको निर्देशन तथा सुझाव अनुरुप संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

सातौं बार्षिक साधारण सभाका लागि कम्पनीले शेयर दाखिला खारेजीका लागि पुस १८ गते देखि ३० गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । यस अनुसार पुस १७ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र बोनस प्राप्त गर्न र एजिएममा सहभागिता जनाउन पाउनेछन् ।

गत अावमा एक करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको जनउत्थानले चालू आवको प्रथम त्रैमासमा ३७ लाख २० हजार खुद नाफा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ६७ पैसा रहेको देखिन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।