बैंकको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटले दिएको जानकारी अनुसार लिलामी सेयरको कटअफमूल्य ३०० रुपैयाँ कायम भएको छ । साधारण सेयरका लागि कुल १०२ वटा बोलपत्र पेश भएकोमा २२ जना आवेदनकले सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ ।
२१ जनाले माग अनुसार नै सेयर प्राप्त गरेका छन् भने एक आवेदकले एक हजार कित्ता सेयर आवेदन गरेकोमा आंशिक रुपमा ५५७ कित्ता सेयरमात्र प्राप्त गरेका छन् ।
लगानीकर्ताले बैंकको साधारण सेयरको लिलामीका लागि अधिकतम ३६५ रुपैयाँसम्म खर्चिएका छन् । काबेली विकास बैंकले भदौ १८ गतेदेखि कात्तिक १५ गतेसम्म ५० प्रतिशत हकप्रद विक्री गर्दा अवितरित सेयर लिलामीमा ल्याएको थियो ।
काबेली विकास बैंकले माउण्ट मकालु डेभलपमेन्ट बैंकलाई १००:८८ अनुपातमा एक्वायर गर्ने प्रस्ताव पुस १० गते सम्पन्न विशेष साधारण सभाले पारित गरेकाे छ । माघ १ गतेदेखि दुबै बैंकले एकीकृत कारोबार थाल्ने भएका छन् । काबेलीले चालू आवको प्रथम त्रैमासमा दुई करोड ६१ लाख रुपैयाँ खुद नाफा नाफा कमाएको छ ।