ग्लोबल क्यापिटलकाे असाेज २७ गते सम्पन्न १० अाै बार्षिक साधारण सभाले रिलायबल क्यापिटललाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।
ग्लोबल क्यापिटललार्इ रिलायबल क्यापिटललाई प्राप्ति गर्ने अन्तिम स्वीकृति नेपाल धितोपत्र बोर्डले दिइसकेकाे छ । स्वीकृति पाउसँगै यी दुई कम्पनी एक हुने भएका हुन् । एकीकृत कम्पनीको कारोबार ग्लोबल आइएमई क्यापिटलको नामबाट हुनेछ ।
ग्लोबल आइएमई बैंकको सहायक कम्पनीकाे रूपमा ग्लोबल आइएमई क्यापिटल र रिलायबल डेभलपमेन्ट बैंक सहायक कम्पनीकाे रूपमा रिलायबल क्यापिटलले मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दे अाएका थिए ।