सूर्या लाईफ इन्स्योरेन्स ४० प्रतिशत हकप्रद जारी गर्दै, धिताेपत्र बाेडर्मा दियाे निवेदन

Jan 12, 2018 Merolagani

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी (SLICL) ले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अगाडि बढाएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेकाे १० प्रतिशत बोनसपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद विक्री गर्न लागेको हो ।

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्ने प्रक्रियामा रहेकाे सूर्या लाईफले नियामक निकाय धितोपत्र बोर्डमा १० बराबर चार अनुपातमा २८ लाख ८७ हजार पाँच सय कित्ता हकप्रद सेयर बिक्री गर्न पुस २४ गते निवेदन पेश गरेको छ ।

हकप्रद जारी गर्न इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी तोकोको छ । कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारण सभाले बोनसपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि एक अर्ब एक करोड रुपैयाँ कायम हुनेछ । जीबन बीमा कम्पनीले बीमा समितिकाे निर्देशन अनुरूप २०७५ असार मसान्तसम्म दुर्इ अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ । जसका लागि हकप्रद पश्चात कम्पनीले ९९ कराेड थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले पाँच करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३८ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९३९ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।