राधी बिद्युत कम्पनीको आईपिओ नतिजा यसरी हेर्नुहोस्

Jan 17, 2018 Merolagani

राधी बिद्युत कम्पनीले पुस ३ गतेदेखि ६ गतेसम्म निष्काशन गरेको साधारण शेयर (आइपिओ) बुधबार बाँडफाँड भएको छ । सदर भएका कुल एक लाख ६४ हजार ९९० आवेदकमध्ये गोलाप्रथाबाट ७१ हजार १०२ सर्वसाधारण आवेदकले दश कित्ता प्राप्त गरेका छन् । ७१ हजार १०३ अावेदकमध्ये रूसिका अग्रवाल एक मात्र ११ कित्ता सेयर प्राप्त गर्ने भाग्यमानी अावेदक बनेकि छिन् । 

आईपीओ नतिजा हेर्न मेरो लगानीको आइपीओ रिजल्ट (IPO RESULT) मा गएर आइपीओ जारी गर्ने कम्पनीको नाम र आफ्नो डिम्याट नम्बर भरेर सर्च गर्नुहोस् । तपाईले शेयर परे नपरेको नतिजा थाहा पाउनुहुनेछ । 

कम्पनीले निष्कासन गरेको ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता सेयरका लागि एक लाख ६६ हजार ३१७ वटा आवेदन परेको थियो । त्यसमध्ये एक हजार ३२७ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

 

कुल ७ लाख ६४ हजार ५५० कित्ता सेयरमध्ये कर्मचारीलाई १५ हजार २९१ कित्ता र सामुहिक लगानी कोषका लागि ३८ हजार २२८ कित्ता सेयर छुट्याइएको थियो । बाँकि रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको हो ।

राधी बिद्युत कम्पनीको निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आइपिओका ९५ हजार २१४ आवदेकले कम्पनीको सेयर पाएनन् ।

साधारण सेयर वितरण गरेसँगै कम्पनीको चुक्ता पूँजी ४१ करोड रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।