साइबर हमलाको जोखिममा बैंक तथा बजार

Jan 19, 2018 merolagani

विश्वका शक्ति राष्ट्रबीच बढ्दै गएको राजनीतिक तथा आर्थिक द्वन्द्वका कारण सन् २०१८ झनै खराब हुने विश्व आर्थिक मञ्चको अध्ययनले देखाएको छ ।  अध्ययनमा संलग्न ९० प्रतिशतले भनेका छन् – सन् २०१७ खराब थियो, सन् २०१८ झनै खराब हुन सक्छ । त्यस्तै ८० प्रतिशतले युद्धको खतरा बढ्दै गएको बताएका छन् ।

 

विश्व आर्थिक मञ्चको सर्वेक्षण समुहले मञ्चको वार्षिक वैठकमा सार्वजनिक गरिएको अध्ययनमा राजनीतिक तनाव, संरक्षणवाद, बिग्रदो वातावरण र साइवर हमलाबाट भयानक अवस्था सिर्जना हुँदै गएको उल्लेख गरिएको छ ।

उक्त अध्ययनमा भनिएको छ – यो एउटा रसायनिक जोखिम हो जसले एउटा जङ्गली वर्ष ल्याउँदैछ ।

अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा युरोएसिया समुहका अध्यक्ष इयान ब्रिमरले भने – इमान्दार होऔं ः २०१८ ले राम्रो अनुभव दिने छैन...हो, बजारमा उतारचढाप छन् र अर्थतन्त्र खराब छैन तर नागरिक विभाजित छन्, सरकारहरुले राम्रो शासन गर्न सकिरहेका छैनन्, विश्व क्रम असफल भएको छ ।

भर्खरै सुरु भएको सन् २०१८ का विषयमा विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् । साइबर हमला, बढ्दो असामनता र संरक्षणवाद तथा पहिलो अमेरिकाजस्ता कारण देखाई चिन्ता व्यक्त गरिएको हो ।

विश्लेषकले सन् २०१७ मा भएको ‘वान्नक्राई’ र ‘क्वुफेक्स डाटा बिच’मा भएको हमला समाप्त हुन सक्ला भनेका छन् । ब्रिमरले मुख्य कम्पनीहरु बैंक वा बजारमा अझै खतरनाक हमला हुने देखिएको छ । दूरसञ्चार क्षेत्र आफैंमा लक्षित हुन सक्छ ।

“आजको दृष्टिकोणमा अर्थतन्त्र खासगरी साइबर हमलाबाट डराएको छ,” उनले भने, “यदी कसैले यता लक्षित ग¥यो भने हामी अपरिचित छौं । विश्व आर्थिक मञ्चले सरकार र व्यापारिक कम्प्युटर प्रणालीको रक्षामा ध्यान दिनुपर्छ ।”

उक्त अध्ययनले विश्व अर्थतन्त्र अगाडि बढी रहेको तर सबैले महसुश गर्न सकेका बताइएको छ । विश्वका मुलुकमा असमानता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ । -एजेन्सी 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।