चैतपछि ग्लोबल आईएमई क्यापिटलको अनलाईन स्टेटमेन्ट सेवा बन्द हुने

Jan 24, 2018 Merolagani

मेरो सेयर खाता खोल्न अनुरोध

ग्लोबल आईएमइ क्यापिटल (@Global Capital@) ले आफ्नो क्यापिटल तथा ग्लोबल आईएमइ बैंक मार्फत हीतग्राही खाता खोलेर सेवा लिइरहेका सदस्यहरुलाई चैत ३० अगाडि नै मेरो सेयर खाताका खाेल्नका लागि निवेदन दिन अनुरोध गरेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटडले माघ ९ गतेदेखि प्राथामिक सेयर तथा हकप्रद निष्काशनहरुमा आवेदन गर्दा अनिवार्य सि-आस्वा प्रणाली मार्फत मात्र गर्नुपर्ने व्यवस्था गरेपश्चात क्यापिटलले सो आग्रह गरेको हो।

केन्द्रीय आस्वा प्रणाली (सि-आस्वा) लागू भएपश्चात हरेक सदस्यले एक पटक हीतग्राही खाता र बैंक खाता रुजु गराएपछि घरमै बसेर मेरो सेयर मार्फत आईपीओ र हकप्रदमा आवेदन गर्न सक्नेछन् । सि-आस्वामा हीतग्राही खाता र बैंक खाता जोडिएको हुने हुँदा खातामा सञ्चित रकमबाट सबै लगानीकर्ताले घरमै बसेर आईपिओ र हकप्रद सेयरमा आवेदन गर्न सक्नेछन् ।

.....{सि-आश्वा पूर्ण रुपमा कार्यन्वयनमा आयो,अब घरमै बसेर सेयर भर्न सकिने}.......

साथै क्यापिटल मार्फत प्रदान गर्दै आएको अनलाईन स्टेटमेन्ट (डिम्याट एकाउन्ट एक्सेस) सुविधा चैत ३० गतेपछि बन्द हुने समेत जनाएको छ । क्यापिटलले कर्मचारी सञ्चय कोषका कर्मचारी, कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता, नेपाल विद्युत्त प्राधिकरण, चिलिमे जलविद्युत्तका कर्मचारी तथा रसुवाका स्थानिय कर्मचारीहरुलाई डिम्याट खाता खोल्न अनुरोध गरेको छ ।

चिलिमेको सहायक कम्पनीहरु साञ्जेन जलविद्युत्त कम्पनीको आईपिओ गत मंसिर २६ गते र रसुवागढी हाईड्रोपावरको आईपिओ पुस २० गते धितोपत्र बोर्डबाट स्वीकृत भएको थियो । यस आईपिओमा सर्वसाधारणले भने आवेदन गर्न पाउनेछैनन् ।

यी दुबै कम्पनीको साधारण सेयरमा आस्वा प्रणाली मार्फत मात्र आवेदन गर्नुपर्ने र आस्वा मार्फत आवेदन गर्दा डिम्याट खाता अनिवार्य गरिएको हुँदा हालसम्म बैंक खाता र डिम्याट खाता नखोलेका कर्मचारीहरुलाई बैंक खाता र डिम्याट खाता खोल्न अनुरोध गरेको छ ।

सूचना हेर्न यहाँ जानुहाेस् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।