सांग्रिला डेभलपमेन्ट बैंक खुद नाफा २३% ले बढ्दा कन्काईको १७% ले घट्यो

Jan 30, 2018 Merolagani

चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले खुद नाफा २३ प्रतिशतले बढाएको छ भने कन्काई विकास बैंकको १७.३४ प्रतिशतले घटेको छ ।

सांग्रिला डेभलपमेन्टले १४ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ९६ करोड कर्जा लगानी गरेको छ । यसबाट बैंकले खुद नाफा १२ करोड ५९ लाखबाट बढाएर १६ करोड एक लाख मुनाफा गरेको छ । समीक्षा अवधिमा खुद व्याज आम्दानी ३३ करोड ११ लाखबाट बढेर ३५ करोड ६१ लाख पुगेको छ । व्याज आम्दानीको तुलनामा व्याज खर्चलाई सन्तुलन गरेको देखिन्छ ।

निष्कृय कर्जा अनुपात ०.८५ रहेको बैंकले संभावित कर्जा जोखिम कोषको रकम पाँच करोड २३ लाखबाट दुई करोड १९ लाखमा सीमित गरेको छ । समीक्षा अवधिमा सञ्चालन नाफा १९ करोड ५९ लाखबाट बढेर २५ करोड सात लाख पुगेको छ ।

उता कन्काई विकास बैंक (KNBL) को नाफा ४० लाख रुपैयाँले घटेको छ । गत बर्ष यसै अवधिमा दुई करोड ३२ लाख नाफा कमाएकोमा एक करोड ९१ लाख मात्र कमाएको हो ।

दोस्रो त्रैमाससम्म बैकले एक अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३८ करोड कर्जा लगानी गरेको छ । नाफा घटेपनि बैंकको जगेडा कोष भने चार करोड ७५ लाख रुपैयाँ बढेर ९ करोड ३७ लाख पुगेको छ ।

बैंकले व्याज आम्दानी अनुसार व्याज खर्च सन्तुलन गरेको छ । बैकले गत बर्षको तुलनामा खुद व्याज आम्दानी ५२ लाख रुपैयाँ बढाएर पाँच करोड ८५ लाख पुर्याएको छ ।

कर्जा नोक्सानी व्यवस्था २० लाख ३८ हजारबाट एक करोड ३१ लाखमा बढेपछि सञ्चालन नाफा तीन करोड ६५ लाखबाट दुई करोड १५ लाखमा सीमित भएको छ । शूल्क तथा कमिशनमा आम्दानी घटेको छ भने अन्य सञ्चालनमा भएको झिनो वृद्धिले कर्मचारी खर्च र अन्य सञ्चालन खर्चको भार थेक्न सकेको देखिँदैन ।

बैकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८ पैसा, प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ८२ पैसा रहेको छ भने खराब कर्जा ०.७९ प्रतिशत र निक्षेप लागत ६.७८ पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।