युनाइटेड मोदीले कमायो ५ करोड ४९ लाख खुद नाफा

Feb 04, 2018 merolgani

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडe (UMHL) ले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ५ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । बिजुली बिक्रीबाट कम्पनीको आम्दानी बढेपछि खुद नाफा बढेको हो ।

 

समिक्षा अवधिमा कम्पनीले बिजुली बिक्रीबाट १६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १४ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेका थियो ।

एक अर्ब १५ करोड चुक्ता कम्पनीको जगेडाकोषमा ५ करोड ९८ लाख सञ्चिति छ ।

युनाइटेडको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसा छ । कम्पनीले गत आवमा गरेको नाफाबाट सेयरधनीलाई ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश दिन थालेको छ ।

कम्पनीले १० मेगावाटको तल्लोमोदी आयोजना सञ्चालन गरिरहेको छ । साढे १० मेगावाटको तल्लोमोदी २ आयोजना निर्माण गरिरहेको छ ।

जलविद्युत कम्पनीले गत फागुनमा १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गरेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।