सिनर्जी पावर अझै ११ करोड ४६ लाख संचित नोक्सानीमा

Feb 05, 2018 merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा सिनर्जी पावर (SPDL) ले ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गतबर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत बढी हो । गतबर्ष सिनर्जीले २ करोड ६७ लाख रुपैयाँ नाफा गरेको थियो । 

विजुली बिक्रीबाट केही आम्दानी बढाएको कम्पनीले नाफा बढ्दा संचित नोक्सानीमा केही कमी आएको छ । अझै पनि कम्पनी ११ करोड ४६ लाख संचित नोक्सानीमा छ ।

पुष मसान्तसम्म सिनर्जीले बिजुली बिक्री गरेर १३ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १३ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले यसअधिमा ४ करोड ३९ लाख रुपैयाँ ब्याजखर्च गरेको छ । कम्पनीले १० मेगावाटको सिप्रिङखोला आयोजना बनाउन लिएको ७६ करोड ५४ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

कम्पनीको संचित नोक्सान बढी भएको र कर्जा तिर्न धेरै बाँकी रहेकाले लगानीकर्ताले अझै केही वर्ष प्रतिफल पाउने संभावना कम छ ।

कम्पनीको सेयर पुँजी ७० करोड रुपैयाँ, कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६९ पैसाँ, प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ ६२ पैसा, कम्पनीको प्रति सेयर मूल्य १६४ रुपैयाँ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।