नेपाल स्टक एक्सचेञ्जमा मंगलबार एकैदिन ६ कम्पनीका एक करोड ९७ लाख ५९ हजार ५०९ कित्ता सेयर सूचीकृत भएको छ । बैंक अफ काठमाण्डूको संस्थापक, सोल्टी होटलको बोनस, छिमेक लघुवित्तको बोनस, आरएसडिसी लघुवित्तको हकप्रद, स्वदेशी लघुवित्तको बोनस र आईसीएफसी फाइनान्सको बोनस सूचीकृत भएको हो ।