एक घण्टा ३० मिनेटकाे समयमा कम्पनिकाे सेयर २ हजार ६६७ कित्ता सेयर २६ लाख २५ हजार रूपैयाँमा खरिद विक्री भएका छन् । अर्कोतर्फ कम्पनीले लिलामी गरेको ९३ हजार कित्ता भन्दा बढी सेयर ८०३ रुपैयाँसम्म लिलामी प्राप्त गरेका सेयरधनीले समेत नाफा सुरक्षित गर्न विक्री गर्नेहरु बढ्दा नेप्सेको मार्केट डेप्थमा एक्कासी खरिदको तुलनामा विक्री चाप मात्र देखिएकाे छ ।
बजार खुलेकाे एक घण्टा ३० मिनेटमा लघुवित्तकाे सेयर विक्री चाप ६ हजार ४८६ कित्ता रहेकाे छ भने खरिद माग एक कित्ता पनि रहेकाे देखिन्न । विक्री चापमा पनि सबैभन्दा कम मूल्य ५४ जनाकाे ५ हजार १८२ कित्ता रहेकाे छ ।
अन्य समयमा बढी मूल्यमा धेरै कित्ता विक्री गर्ने चाप देखिने गरेकाेमा मागकाे तुलनामा लघुवित्तकाे अापूर्ति बढी हुँदा सबैभन्दा कम मूल्यमा नै नाफा सुरक्षित गर्न लगानीकर्ता लागेकाे स्पष्ट देखिन्छ ।
एक ब्रोकर कम्पनीका सञ्चालकले आफ्नो कार्यालयमा विहीबार आरएसडिसीको खरिदकर्ता भेट्नै मुस्किल परेको तर सेयर विक्री गर्नेको लाइन नै भएको बताए ।
लघुवित्तले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार दुई सय प्रतिशत बराबरको २३ लाख कित्ता सेयर सूचीकरण गराएको थियो । मंगलबार आरएसडिसी सहित ६ कम्पनीको एक करोड ९७ लाख ५९ हजार ४८९ कित्ता सेयर सेयर बजारमा थपिएको थियो ।