संस्थाको नाफा २ करोड ७ लाखबाट घटेर एक करोड ८१ लाख रुपैंयामा झरेको छ । कम्पनीको नाफा घटेपनि जगेडाकोषमा ५ करोड २१ लाखले वृद्धि भएको छ । गत आर्थिक वर्षमा संस्थाको जगेडा कोषमा ४ करोड २२ लाख थियो भने यस अवधिमा ९ करोड ४३ लाख रुपैंयाँ पुगेको छ ।
त्यस्तै कर्मचारी खर्च ३ करोड ३६ लाखबाट बढेर ५ करोड ७ लाख पुगेको छ भने ६१ लाख रुपैंयाँले अन्य खर्चमा बृद्धि भएको छ । त्यसैगरी यस अवधिमा यस माइक्रोफाइनान्सको लागत ६.२६ प्रतिशतबाट बढेर ९.६० प्रतिशतमा पुगेको छ ।
यस अवधिमा १७ करोड ८१ लाख ब्याज आम्दानी गरेको माइक्रोफाइनान्सले ब्याजका लागि ९ करोड ७० लाख खर्च गरेर ८ करोड ११ लाख रुपैंयाँ खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा २७ करोड ९२ लाख निक्षेप बढेर ५३ करोड ५३ लाख निक्षेप पु¥याएको संस्थाले २ अर्ब १ करोड ८९ लाख रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।
एनएमबि माइक्रोफाइनान्सको शेयर पूँजी ९ करोड ३१ लाखबाट १४ करोड रुपैंयाँ पुगेको छ भने खराब कर्जा १.१० प्रतिशतबाट बढेर २.३३ प्रतिशतमा पुगेको छ । त्यस्तै प्रतिशेयर आम्दानी २५ रुपैंयाँ ७९ पैसा रहेको छ भने तरलता अनुपात १५.६५ प्रतिशत छ ।