ब्याज खर्च बढ्दा नेपाल ग्रामीणकाे खुद नाफामा भारी गिरावट

Feb 12, 2018 Merolagani

नेपाल ग्रामीण विकास बैंक (NGBBL) को ब्याज खर्च उल्लेख्य बढेपछि चालु आवको दोस्रो त्रैमासिकमा खुद नाफामा भारी गिरावट आएको छ । गत वर्षको तुलनामा यस बैंकको ब्याज खर्च ८६.७५ प्रतिशतले बढेपछि कम्पनीको खुद नाफामा ४५.६८ प्रतिशत भन्दा बढीले कमी आएको छ ।

गत आर्थिक वर्षभन्दा यस आवमा दोस्रो त्रैमासमा १६ करोड ७० लाख रहेको ब्याज खर्च १४ करोड ४९ लाख रुपैंयाले बढेर ३१ करोड २० लाख पुगेको हो । गत आर्थिक वर्षमा कम्पनीले ६६ करोड ७८ लाख ब्याजमा आम्दानी गरेको थियो भने यस वर्ष ७१ करोड ५५ लाख रुपैंयाँ व्याज आम्दानी गरेको छ ।

लघुवित्त कम्पनीको खुद व्याज आम्दानीमा १० करोड घटेर ४० करोड ३५ लाख मात्र गर्न सकेको देखिन्छ । व्याज आम्दानी को अनुपातमा व्याज खर्च ह्वात्तै बढ्दा नाफा सोही अनुसार घटेको छ । 

त्यस्तै यस अवधिमा कम्पनीको खुद नाफा ९ करोड ७९ लाख रुपैयाँमा समेटिएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनमा ८ करोड २३ लाख रुपैंयाँ कम हो । त्यसैगरी कर्मचारी खर्च २३ करोडबाट बढेर २६ करोड ९५ लाख पुगेको छ ।

यस अवधिमा बैंकले दुई अर्ब ४८ करोड ४० लाख निक्षेप संकलन गरी ८ अर्ब १३ करोड ४५ लाख रुपैंयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष ५५ करोड ७५ लाख चुक्ता पूँजीमा एफपिओ जारीबाट ६५ करोड ५० लाख चुक्ता पूँजी पुर्याएको छ । लघुवित्तको जगेडा कोष चार करोड बढेर २३ करोड ८१ लाख सञ्चित हुन पुगेको छ ।

यस अवधिमा बैंकको खराब कर्जा ४.४९ प्रतिशत रहेको छ । गत आवको तुलनामा निक्षेप लागत ५.३३ प्रतिशतबाट बढेर ८.८४ प्रतिशतमा पुगेको छ । प्रतिशेयर आम्दानी २९ रुपैंयाँ ९० पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ३६ पैसा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।