सेवा बिक्री मार्फत होटलले ४६ करोड ७६ लाख रुपैयाँ कमाई गरेको छ । जून गतबर्षको भन्दा दुई करोड बढी हो । कम्पनीको अन्य आम्दानी सामान्य बढेको छ भने कर्मचारी खर्च पनि बढेको छ । कम्पनीको सापट तथा कर्जा पनि बढेको छ ।
कम्पनीले यसअवधिमा ३१ करोड २६ लाख खर्च गरेको छ । गतबर्ष यस्तो खर्च ३० करोड ७५ लाख थियो ।
होटलको प्रतिशेयर आम्दानी १२.४३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०१.१५ रुपैयाँ छ।
होटलको चुक्ता पूँजी ९३ करोड ४२ लाख रुपैयाँ छ भने जगेडा कोषमा ९४ करोड ६३ लाख रुपैयाँ जम्मा भएको छ।