नागवेलीको खुद नाफा ४५ लाख घट्दा, प्रतिसेयर आम्दानीमा ५० रुपैयाँ गिरावट

Feb 12, 2018 Merolagani

नागबेली लघुवित्त (NBBL) ले चालू आर्थिक बर्षको दोश्रो त्रैमासमा गत बर्षको तुलनामा ४५ लाखले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत बर्ष एक करोड ६३ लाख खुद नाफा कमाएकोमा लघुवित्तको नाफा एक करोड १८ लाख रुपैयाँमा झरेको छ ।

गत बर्ष यसै अवधिको तुलनामा अत्याधिक व्याज खर्चभएपछि खुद व्याज आम्दानीमा ठूलो गिरावट आएको देखिन्छ । समीक्षा अवधिमा खुद व्याज आम्दानी तीन करोड ७९ लाखबाट घटेर दुई करोड ४९ लाखमा सिमीत भएको छ । कम्पनीले पाँच करोड ९५ लाख व्यान आम्दानी गर्दा तीन करोड ४७ लाख व्याज खर्च गरेको छ । 

अन्य सन्चालन आम्दानीबाट थारै राहत मिलेपनि कम्पनीले चालू आर्थिक बर्ष दोश्रो त्रैमासमा कर्मचारीलाई धेरै खर्च गरेको छ । जसका कारण ७४ लाख राइट व्याक गर्दापनि कम्पनीले खुद नाफाबढ्न नसकेको देखिन्छ । यस अवधिमा अन्य सञ्चालन आम्दानी ४७ लाखबाट ७८ लाख पुगेको छ भने कर्मचारी खर्च ८५ लाखबाट एक कराेड ३० लाख पुगेको छ ।

समिक्षा अवधिमा तीन करोड ६६ लाख रुपैयाँ पूँजी वृद्धि भएर सात करोड ६६ लाख पुगेको छ । पूँजी वृद्धिको तुलनामा आम्दानी बढ्न नसकेपछि कम्पनीको प्रतिसेयर आम्दानी ८१.६० रुपैयाँबाट ५०.६२ रुपैयाँ घटेर ३०.९८ रुपैयाँ कायम भएको छ ।

कम्पनीको जगेडा कोष ४२ लाखले बढेर पाँच करोड १६ लाख पुर्याएको लघुवित्तको खराव कर्जा बढेर ३.२९ मा पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।