फरवार्डको खुद नाफा घटेपनि जगेडा कोष देखियो आर्कषक

Feb 12, 2018 Merolagani

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको चालू आवको दोस्रो त्रैमासमा खुद नाफा साढे १३ लाख रुपैयाँ घटेपनि जगेडाकोष भने आर्कषक बनेको छ । कम्पनीका जगेडा कोष २० करोड बढेर ७० करोड २९ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तले दुई अर्ब ७७ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरि ६ अर्ब ४९ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट १२ करोड व्याज आम्दानी बढाएपनि व्याज खर्च १३ करोड ७५ लाख बढेपछि कम्पनीको खुद ब्याज आम्दानी एक करोड ६८ लाख रुपैयाँ घटेर ३१ करोड पाँच लाख रुपैयाँमा खुम्चिएको छ ।

आम्दानी शिर्षक घटेर खर्चमा बढोत्तरी हुुँदा लघुवित्तको खुद नाफा १४ करोड ५४ लाख ४९ हजार रुपैयाँ मात्र आर्जन गरेको छ । अन्य सञ्चालन आम्दानी एक करोडबाट पाँच करोडमा वृद्धि भएपछि सञ्चालन नाफा भने २० करोडबाट बढाएर २२ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।

हाल २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको फरवाडले गत बर्ष ५० प्रतिशत बोनस वितरण गरेको छ । बोनसपछि भने कम्पनीको पूँजी ३० करोड पुग्नेछ । लघुवित्तको खराब कर्जा अनुपात ०.६७ प्रतिशत रहेको छ ।

फरवार्डको प्रतिसेयर आम्दानी बार्षिक १४५ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ ४५१ रुपैयाँ ४५ पैसा र मूल्य आम्दानी अनुपात २३ गुणा बढी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।