हिमालयन डिष्ट्रिलरी नाफा ७ कराेड बढ्यो

Feb 13, 2018 Merolagani

मदिराजन्य उत्पादन गर्ने कम्पनी हिमालयन डिष्ट्रिलरीको खुद नाफा चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा ७ कराेड रूपैयाँ नाफा बढाएको छ । कम्पनीले गत बर्ष तीन करोड २८ लाख ६ हजार खुद नाफा गरेकोमा बढाएर १० करोड ५८ लाख ९१ हजार पुर्याएको छ ।

यस अवधिमा कम्पनीले मदिरा व्यापारबाट ९५ करोड ९ लाख रुपैयाँ कमाएको जुन गत बर्षको यसै अवधिको तुलनामा १८ करोड ७५ लाख रुपैयाँ बढी हो । त्यस्तै कम्पनीको व्यापारमा लाग्ने खर्च तीन करोड ७१ लाख रुपैयाँ बढेर ५० करोड ६२ लाख पुगेको छ ।

कम्पनीको अन्य सञ्चालन आम्दानी ८० लाख रुपैयाँले घटेको छ । गत बर्ष एक करोड ८१ लाख आय गरेकोमा अहिले एक करोड एक लाखमा झरेको छ ।

कार्यालयको खर्च केही घटेपनि बस्तु विक्री वितरण खर्च बढेको छ । कम्पनीसँग ६३ करोड ५९ लाख रुपैयाँ अचल तथा ६१ करोड ५८ लाख चालू सम्पत्ति गरि कूल एक अर्ब २५ करोड १८ लाख सम्पत्ति रहेको देखिन्छ ।

कम्पनीसँग १९ करोड ८२ लाख रुपैयाँ अचल दायित्व तथा ४४ करोड १८ लाख चालू दायित्व देखिन्छ ।
३८ करोड ५६ लाख ४५ हजार पाँच सय रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक ५४ रुपैयाँ ४२ पैसा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।