समीट माइक्रोफाइनान्सको नाफा खस्कियो

Feb 14, 2018 Merolagani

समीट माइक्रोफाइनान्स (SMFDB) को चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा ८० लाख ३५ हजार घटेको छ । लघुवित्तले गत बर्ष दुई करोड ५२ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएकोमा एक करोड ७२ लाख २९ हजार रुपैयाँमा खुम्चिएको हो ।

१० करोड रुपैयाँ चुक्ता पूँजी वृद्धि गरेर १७ करोड रुपैयाँ पुर्याएको लघुवित्तको प्रतिसेयर आम्दानी घटेर २० रुपैयाँ २७ पैसा कायम भएको छ । कम्पनीको जगेडा कोषमा पाँच करोड ६७ लाख ८० हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

निष्कृय कर्जा अनुपात ०.३३ प्रतिशत रहेको लघुवित्तले यस अवधिमा ५३ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ३३ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट पाँच करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत बर्षको तुलनामा ५२ लाख ६६ हजार कम हो ।

त्यसैगरि सञ्चालन नाफा पनि ३१.८० प्रतिशतले गिरावट आएर दुई करोड ७० लाख रुपैयाँ मात्र आर्जन गरेको देखिन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।