६ बीमा कम्पनीको दुई अर्ब ८३ करोडको हकप्रद शेयर पाइपलाइनमा

Feb 20, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेकोमा २२ बीमा कम्पनीमध्ये विभिन्न ६ बीमा कम्पनीले हकप्रद शेयर निष्काशनको तयारी गरेका छन् । ती बीमा कम्पनीले कूल दुई करोड ८३ लाख ४८ हजार ८३७ कित्ता हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

सूर्या लाइफ इस्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्सले कूल दुई अर्ब ८३ करोड ४८ लाख ८३ हजार ७१४ रुपैयाँको दुई करोड ८३ लाख ४८ हजार ८३७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । 

आवेदन दिनेमा सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर २८ करोड ८७ लाख ७५ हजार मूल्यमा बिक्री गर्न लागिएको हो । सो कम्पनीले दश बराबर चार कित्ताको दरमा हकप्रद शेयर दिन लागेको छ । एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको सूर्या लाइफले आर्थिक वर्ष २०७२/७३ मा पाँच प्रतिशत मात्रै बोनस प्रदान गरेको थियो ।

यस्तै सिद्धार्थ इन्स्योरेन्सले २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । सो कम्पनीले २२ करोड ४४ लाख ९७ हजार रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

दश कित्ता शेयर बराबर ३ दशमलव ५ कित्ता हकप्रद विक्री गर्न लागेको हो । सो बीमा कम्पनीले आव २०७३/७४ मा २० प्रतिशत बोनस वितरण गरेको थियो ।

यस्तै गुराँस लाइफ इन्स्योरेन्सले २९ लाख ७० हजार कित्ता हकप्रद शेयर २९ करोड ७० लाख रुपैयाँमा बिक्री गर्न लागेको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

कम्पनीले आव २०७२/७३ मा आठ प्रतिशत बोनस वितरण गरेको थियो । कम्पनीले दुई बराबर एक कित्ताको अनुपातमा हकप्रद जारी गर्न बोर्डमा निवेदन दिएको छ ।

यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर ७२ करोड ९० लाखमा बिक्री गर्न निवेदन दर्ता गराएको छ । तर बीमा समितिले कम्पनीलाई संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम गरेर मात्र हकप्रद निष्काशन गर्न निर्देशन दिएपछि कम्पनीले संस्थापक साधारण सेयर अनुपात कायम गर्ने निर्णय सञ्चालक समितिबाट गरिसकेकाे छ ।

एभरेष्टले संस्थापक अनुपात कायम गर्न संस्थापक सेयर लिलामी वा अहिले कायम रहेका साधारण सेयरधनीलार्इ नै संस्थापक हकप्रद जारी गनर्सक्छ । संस्थापक सेयर जारीपश्चात कम्पनीकाे पूँजी वृद्दि हुने भएकाले बीमा समितिले ताेकेकाे न्यूनतम चुक्त्ता पूँजी एक अर्ब पु-याउन धितोपत्र बोर्डमा यसअघि निवेदन दर्ता गराएको ६ सय प्रतिशतको हकप्रद अनुपात आधा घट्ने देखिएको छ ।

एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । एभरेष्टले आव २०७२/७३ मा २० प्रतिशत बोनस वितरण गरेको थियो ।

हकप्रद शेयर बिक्री गर्न लागेको अर्को बीमा कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स । सो कम्पनीले ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद शेयर ९९ करोड ३६ लाख ४७ हजार रुपैयाँमा बिक्री गर्न लागेको छ ।कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । कम्पनीले आव २०७३/७४ मा २५ प्रतिशत बोनस वितरण गरेको थियो ।

धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएको अर्को बीमा कम्पनी हो नेपाल इन्स्योरेन्स । सो कम्पनीले ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर ३० करोड १९ लाख ८८ हजार मूल्यमा बिक्री गर्न लागेको छ । कम्पनीले आव २०७३/७४ को साधारण सभा गरिनसकेको नेपाल इन्स्योरेन्सले आव २०७१/७२ मा ९.४७ प्रतिशत बोनस वितरण गरेको थियो । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।