ट्रम्पपुत्र भारतमा जग्गाको कारोबार गर्दै, हेर्नुस् कहाँ कहाँ किन्दैछन् जग्गा !

Feb 21, 2018 rss

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन् । भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनी सहभागी हुने भ्रमण तालिका रहेको छ । उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गरेका हुन् ।

राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्ने भएका छन् ।

राजधानी नयाँदिल्लीसँगै रहेको गुरगाउँ र कोलकत्तामा त्यस्ता परियोजना सुरु गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले भारतका कोलकत्ता, मुम्बई, पुणे र गुरगाउँमा भारतीय लगानीकर्ताहरु र व्यापारिक अगुवाहरुसँग भेटवार्ता गर्ने भएका छन् ।

“अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उनलाई त्यही अनुसारको व्यवहार गरेको छ,” एक अधिकारीले भने ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।