निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा तगडा कुन् ? तथ्यांकमा हेर्नुहोस्

Feb 24, 2018 Merolagani

बीमा समितिले गरेको व्यवस्था अनुसार अहिले बीमा कम्पनीहरु धमाधम पूँजी वृद्धि गर्ने क्रममा छन् । गत वर्षसम्म २५ करोड हाराहारीको चुक्ता पूँजी बनाएका निर्जीवन बीमा कम्पनीहरु अहिले १ अर्ब चुक्ता पूँजीको मिशनमा छन् । दोस्रो बजारमा तिब्र उतारचढाव आउने निर्जीवन बीमा कम्पनीहरुको समग्र वित्तीय अवस्था कस्तो छ त ?

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बीमा समितिले तोकेको १ अर्ब चुक्ता पूँजी ३ वटा बीमा कम्पनीले मात्र पुर्याएका छन् । जसमा नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स छन् । सबैभन्दा थोरै चुक्ता पूँजी रहेको एभरेष्ट इन्स्योरेन्सले संस्थापकको हिस्सा ५१ प्रतिशत बनाउने प्रकृया अघि बढाउँदैछ । त्यस पछि उसले थप पूँजी बिस्तारको काम गर्नेछ ।

जगेडा कोषका आधारमा राष्ट्रिय बीमा कम्पनी पहिलो स्थानमा छ । १ अर्ब ९८ करोड रुपैंयाको जगेडा कोष रहेको कम्पनीले अझै झण्डै ४ गूणाले पूँजी बढाउनु पर्छ । यस क्रममा उसले बिहीबार मात्र १२० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको छ । थप नयाँ सेयर निष्काशनको प्रस्ताव पनि कम्पनीले साधारण सभाबाट पारित गराई सकेको छ । युनाइटेड इन्स्योरेन्सको जगेडा कोष ४ करोड ९१ लख रुपैंयाले ऋणत्मक छ ।

बीमा कोषका आधारमा पनि राष्ट्रिय बीमा कम्पनी पहिलो स्थानमा छ । उसको बीमा कोषमा १ अर्ब २६ करोड रुपैंया सञ्चित हुँदा ११ करोड ७७ लाख रुपैंयाको साथमा आइएमई जनरल इन्स्योरेन्सथ सबै भन्दा सानो बीमा कोषको आकार भएको कम्पनी बनेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै खुद नाफा कमाएको छ । कम्पनीले ३७ करोड २५ लाख रुपैंया खुद नाफा गर्दा एभरेष्ट इन्स्योरेन्सको खुद नाफा सबैभन्दा थोरै छ ।

बीमाशुल्क आर्जनका आधारमा शिखर इन्स्योरेन्स पहिलो स्थानमा पर्दै ८६ करोड ६० लाख रुपैंया आर्जन गरेको छ । बीमा कम्पनीको मुख्य सूचक पनि यही हो । यस आधारमा जगेडा, बीमा कोष र खुद नाफाका आधारमा राष्ट्रिय बीमा कम्पनी पहिलो स्थानमा रहे पनि शिखर इन्स्योरेन्सले मुख्य सूचकमा बाजी मारेको छ । उल्लेखित सबै सूचकलाई तथ्यांकमा हेरौं, कुन कम्पनीको अवस्था के छ ?

पूँजी बिस्तारसँगै विभिन्न सूचकमा निर्जीवन बीमा कम्पनीहरुको प्रतिष्पर्धा देखिएको छ । माथि उल्लेखित सूचकका साथै दोस्रो बजारको सेयर मूल्य, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात र प्रतिसेयर नेटवर्थको आँकडा यस्तो छ । जहाँ प्रभु इन्स्योरेन्सको प्रतिसेयर आम्दानी सबैभन्दा थोरै छ । कुन कम्पनीको अवस्था कस्तो ? तथ्यांकमा दाँज्नुहोस् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।