कुन वाणिज्य बैंकले कति बाँड्यो बोनस,७ बैंकले अझै गरेनन् घोषणा

Feb 26, 2018 merolagani

नेप्सेमा सूचीकृत रहेका २७ वाणिज्य बैंकमध्ये २० बैंकले गतबर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन भने धेरैजसो बैंकले साधारणसभा समेत सम्पन्न गरिसकेका छन् । तर अझै पनि सात वाणिज्य बैंकले भने लाभांश घोषणा र साधारण सभा आह्वान गरेका छैनन् ।

आर्थिक बर्ष सुरु भएको ६ महिनाभित्र सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरी साधारणसभा सम्पन्न गरीसक्नु पर्ने कानुनी व्यवस्था छ । तर आर्थिक वर्ष सुरु भएको ७ महिना बितिसक्दा आधा दर्जन वाणिज्य बैंकले साधारण सभा राख्न सकेका छैनन् ।

धेरै जसो बाणिज्य बैंकले गतबर्षको मुनाफाबाट लाभांश प्रस्तावगरी साधारणसभा समेत सम्पन्न गरिसकेका छन् । केही बैंकहरुले दिएको बोनस लगानीकर्ताको डिम्याट खातामा जम्मा भएर पनि दोस्रो बजारमा कारोबारमा आईसकेको छ ।

गत बर्षको मुनाफाबाट सबैभन्दा बढी स्ट्यार्न्डड चार्टर्डले शतप्रतिशत बोनस दिएको छ भने सबैभन्दा कम सेञ्चुरी बैंकले पाँच प्रतिशत बोनस दिएको छ । अधिकांश बैंकले १० देखि २० प्रतिशतको बीचमा बोनस दिएका छन् ।

तर अझै पनि केही बैंकहरुले साधारण सभा नबोलाउदा सेयर लगानीकर्ताहरु अलमलमा परेका छन् ।

अहिलेसम्म लाभांश घोषणा नगर्नेमा बैंक अफ काठमाण्डू, सिभिल बैंक, कुमारी बैंक, नेपाल बैंक, एनसीसी बैंक, एनएमबि बैंक र प्रभु बैंक रहेका छन् ।

जसमध्ये नेपाल बैंक, एनसीसी बैंक र प्रभु बैंक गत बर्षको कमाईबाट लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् । यी बैंकहरूकाे सञ्चित जगेडा नाेक्सानी रहेका कारण बाेनस वितरण गर्न सक्ने अवस्थामा छैनन् । अन्य बैंकले लाभांश दिन सक्ने भएपनि घोषणा गरेका छैनन् । नेपाल बैंकले भने एफपिओ प्रस्ताव गरेर साधारण सभा बोलाएको छ ।

तोकिएको समयमा लाभांश प्रस्ताव गरी साधारण सभा नगर्ने कम्पनीलाई नियमनकारी निकायले कडा कारबाही नगर्दा कम्पनीहरुको लगानीकर्ताप्रति कम उत्तरदायी बन्दै गएको देखिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।