एनआईबिएल क्यापिटलद्धारा सञ्चालित दुबै फण्डको प्रतिएकाई खुद सम्पत्ति मूल्य घट्यो

Feb 26, 2018 Merolgani

इन्भेष्टमेन्ट बैंकको प्रबद्धर्न तथा एनआईबिएल क्यापिटल व्यवस्थापक रहेको एनआईबिएल समृद्धि तथा प्रगति फण्ड दुबैको पुस मसान्तको तुलनामा माघ महिनाको प्रतिईकाइ खुद सम्पत्ति मूल्य घटेको छ । एनआईबिएल समृद्धि फण्ड १ को ४१ पैसाले घटेर १२ रुपैयाँ २० पैसा तथा प्रगति फण्डको ४३ पैसाले घटेर ८ रुपैयाँ ७३ पैसा कायम भएको हो । 

गत पुस मसान्तमा समृद्धि फण्डको १२ रुपैयाँ ६१ पैसा र प्रगति फण्डको ९ रुपैयाँ १६ पैसा प्रतिइकाइ खुद सम्पत्ति मूल्य रहेको थियो । 

माघ मसान्तमा समृद्धि फण्ड (NIBSF1) को ७८ सूचीकृत कम्पनीको सेयरमा ८५ करोड ६८ लाख रुपैयाँको लगानी गरेको छ । फण्डको लगानी पुस महिनाको तुलनामा माघमा तीन करोड ६८ लाख रुपैयाँले घटेको हो । उसको बैंक मौज्दात दुई लाख ७५ हजार रुपैयाँले घटेर १५ करोड ७३ लाख ३९ हजार बैंक मौज्दात रहेको छ । सामूहिक लगानी कोषले सर्वसाधारणमा १० करोड इकाई सर्वसाधारणमा जारी गरेको छ ।

उता प्रगति फण्ड (NIBLPF) ले माघ मसान्तसम्ममा ५९ सूचीकृत कम्पनीको सेयरमा ५५ करोड ७२ लाख ३१ हजार रुपैयाँ लगानी गरेको छ । फण्डको लगानी पनि पुस महिनाको तुलनामा माघमा तीन करोड २१ लाख ४७ हजार रुपैयाँले घटेको छ । उसको बैंक मौज्दात ४८ लाख ४५ हजार रुपैयाँले घटेर चार करोड ५५ लाख ४१ हजार रुपैयाँ सञ्चित रहेको छ । यसले सामूहिक लगानी कोषले ७ करोड ५० लाख इकाई सर्वसाधारणमा जारी गरेको छ ।

एनआईबिएल समृद्धि फण्डले चिलिमे हाइड्रोपावरको सेयरमा तीन करोड ५८ लाख ८४ हजार रुपैयाँ बराबरको ४२ हजार १६७ कित्ता सेयर होल्ड गरेको छ । कम्पनीले नेपाल टेलिकमको तीन करोड सात लाख ३९ हजार ८० रुपैयाँ बराबरको ४० हजार ३४० कित्ता सेयरमा लगानी गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ मा तीन करोड १४ लाख २० हजार ७६० रुपैयाँ बराबरको १५ लाख ६४ हजार इकाईमा लगानी छ ।

एनआईबिएल प्रगति फण्डले नेशनल लाईफ इन्स्योरेन्सको २२ हजार २९९ कित्ता सेयरमा सबैभन्दा बढी तीन करोड २२ लाख ४४ हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको सामूहिक लगानी कोषको एक लाख १९ हजार ९०० इकाइमा १४ लाख ६७ हजार ५७६ रुपैयाँको लगानी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।