सिद्धार्थ बैंक,फरवार्ड लघुवित्त,र तारागाउँ रिजेन्सीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Feb 28, 2018 Merolagani

सिद्धार्थ बैंकको १४ प्रतिशत बोनस, फरवार्ड लघुवित्तको ६५ प्रतिशत, र तारागाउँ रिजेन्सी होटलको ७.३७ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । बुक क्लोजभन्दा अधिल्लो कारोबार दिनसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने हुनाले उल्लेखित कम्पनीको लाभांश बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र पाउनेछन् ।

सिद्धार्थ बैंक (SBL) ले आगामी चैत ४ गते राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा बिहान ११ बजे १६ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनसपछि सात अर्ब ७८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

बैकले १० प्रतिशत हकप्रद विक्री गरिरहेको छ । हकप्रदपछि बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेअनुसार आठ अर्ब ४६ करोड रुपैयाँ नाघ्नेछ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) ले पनि चैत ४ गते नै केन्द्रीय कार्यालय दुहवी सुनसरीमा बिहान ११ बजे पाँचौं बार्षिक साधारणसभा डाकेकाे छ ।

सभाले चुक्ता पूँजी २० करोडको ५० प्रतिशत (दश करोड रुपैयाँ) बोनस सेयर तथा १५ प्रतिशत नगद (तीन करोड रुपैयाँ) लाभांश गरि कूल ६५ प्रतिशत लाभांश पारित गर्नेछ ।

उता तारागाउँ रिजेन्सी होटल (TRH) ले चैत १२ गते २१ औ बार्षिक साधारण सभा आह्वान गरेको छ । होटलले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा विहान ११ बजे सभा डाकेको हो ।

सभाले कम्पनीको चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ७.३७ प्रतिशत (१४ करोड पाँच लाख ५५ हजार ७८६ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।