उन्नती माइक्रोफाइनान्सको सेयर कारोबार सुरु, के पायो कारोबार सिम्बोल ?

Mar 06, 2018 Merolagani

उन्नती माइक्रोफाइनान्स (UMB) को नेपाल स्टक एक्सचेञ्जमा मंगलबारदेखि सेयर कारोबार सुचारु भएको छ । नेप्सेले कम्पनीले सेयर कारोबारका लागि ‘युएमबी’ संकेत पाएको छ । नेप्सेले माइक्रोफाइनान्सको पहिलो कारोबारका लागि १६८ रुपैयाँ ५९ पैसादेखि ५०६ रुपैयाँसम्मको शुरु कारोबार मूल्य (ओपन रेन्ज) दिएको छ । 

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले गत पुस २१ गतेदेखि २५ गतेसम्म जारी पूँजीको ३० प्रतिशत बराबरको एक लाख ६५ हजार कित्ता साधारण सेयर (आइपीओ) जारी गरेको थियो ।

उन्नतिले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा एक करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।