बजार धेरै तल आईसक्यो, २ सय रुपैंयाभन्दा सस्तो सेयर किन्ने हो ? ४९ कम्पनीबाट छान्नुहोस्

Mar 06, 2018 Merolagani

पछिल्ला दिनमा सेयर बजारमा आएको निरन्तरको गिरावटले धेरै कम्पनीको सेयरमूल्य २ सय रुपैंयाभन्दा तल आएको छ । नेपाल स्टक एक्सचेञ्जमा मंगलबारसम्ममा २०७ वटा कम्पनी सूचीकरण भएकोमा ४९ वटा कम्पनीको सेयरमूल्य २ सय रुपैंयाभन्दा तल छ । बजार घटेको मौकामा राम्रा कम्पनी छानेर सेयर किन्ने अवसर पनि यही नै हो ।

प्रतिशतका आधारमा हेर्दा सूचीकृत भएका कुल कम्पनीको झण्डै २४ प्रतिशत कम्पनीको सेयरमूल्य २०० रुपैंयाभन्दा तल छ । अझै बजार घट्छ भन्दै हल्ला चलाइएका बेला योभन्दा कति सस्तोमा सेयर आउने हो भन्ने पनि सोच्नेृ हो कि ? तर कम्पनीको वित्तीय अवस्था, प्रकृति लागयत कुराले पनि कम्पनीहरुको सेयरमूल्य तल आएको छ । यस्ता कम्पनीमा पनि राम्रा कम्पनीहरु छन्, जसले तपाईलाई बजारबाट फाइदा लिन सक्ने अवस्था बनाइदिने छन् ।

३ वटा वाणिज्य बैंकहरुको सेयर मूल्य १५५ देखि १७५ रुपैंया छ । तीन वटै बैंकको प्रतिसेयर आम्दानी ६ रुपैंयादेखि ८ रुपैंयाको बीचमा छ । मूल्य आम्दानी अनुपातका आधारमा तीन वटा बैंकको २१ गुणादेखि २६ गुणासम्म बढी छ ।

त्यसै गरी १८ वटा विकास बैंकहरुको प्रतिकित्ता सेयर मूल्य १२४ रुपैंयादेखि १९० रुपैंयासम्म छन् ।३ वटा वाणिज्य बैंक, विकास बैंकहरुको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात लगायतका विबरण यो तालिका हेर्नुहोस् ।

त्यसै गरी १६ वटा फाइनान्स कम्पनीको सेयर मूल्य पनि ११० रुपैंयादेखि १९६ रुपैंयासम्म छ । १६ वटै फाइनान्सको प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपातको अवस्था हेरी आफ्नो निर्णय बनाउन सकिन्छ । तथ्यांक हेर्नुहोस् ।

त्यसै गरी ९ वटा जलविद्युत कम्पनी सहितको विबरण यो तालिकामा हेर्नुहोस् । नेपाल फिल्म डेभलपमेण्ट कम्पनीको सेयर कारोबार भैरहेको छैन ।

उल्लेखित तथ्यांकहरुबाट सबैभन्दा धेरै सस्तो सेयरमूल्य भएका १० कम्पनी छनौट गर्ने कि ? त्यसो हो भने यो तालिका हेर्नुहोस् । तर कम्पनीको वित्तीय अवस्थाको अध्ययन गर्न भने नछुटाउनु होला ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।