एकैदिन एक करोड कित्ता बोनस सेयर सूचीकृत

Mar 11, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा आईतबार एकैदिन आठ कम्पनीको एक करोड तीन लाख ४२ हजार ४२३ दशमलव ०८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यी सबै कम्पनीहरुले यसअघि साधारण सभाबाट पारित गरेका बोनस आईतबार सूचीकृत गराएका हुन् ।

तीन लघुवित्तहरु लक्ष्मी लघुवित्त संस्था, ग्लोबल आईएमई लघुवित्तीय संस्था, स्वरोजगार लघुवित्तले बोनस सूचीकरण गराएका छन् । दुई विकास बैंकहरु कैलाश विकास बैंक,र एक्सेल डेभलपमेण्ट बैंक तथा दुई हाइड्रोपावर कम्पनीहरु चिलिमे र बरुण तथा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्सले बोनस सूचीकरण गराएका हुन् ।

चिलिमे हाइड्रोपावर कम्पनीले सबैभन्दा बढी ५१ लाख ७१ हजार ८८६ दशमलव ७२ कित्ता बोनस सूचीकरण गराएको छ भने सबैभन्दा कम ग्लोबल आईएमई लघुवित्तको एक लाख १३ हजार कित्ता सेयर रहेको छ ।

हेर्नुहोस् कुन कम्पनीले कति गराए सूचीकरण :-

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।