लाभांश बुझ्न सेयरधनीलाई बोटलर्स नेपालको आग्रह

Mar 16, 2018 merolagani

बोटलर्स नेपाल लिमिटेड (BNL) ले आफ्ना सेयरधनीलाई पाँच बर्ष अगाडिको लाभांश बुझ्न भनेको छ । कम्पनीले ३४ औ‘ वार्षिक साधारण सभाबाट पारित भएको आ.व. ६८।६९ को लाभांश एक महिनाभित्र लिन सेयरधनीलाइ आग्रह गरेको हो ।

कम्पनीको अभिलेखमा आ.व. ६८।६९ को लाभांश भुक्तानी गर्न बाँकी देखिएपछि कम्पनीले उक्त बर्षको लाभांश नलिएका लगानीकर्तालाई कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेड नारायणचौर नक्सालबाट लाभांश संकलन गर्न जानकारी गराएको छ ।

लाभांश रकम भुक्तानी लिन बाँकी शेयरधनीले सेयर डिम्याट नगराएको भए सेयर प्रमाणपत्र र डिम्याट गराईसकेका सेयरधनीले डिम्याट खाताका नंम्बरका साथ परिचय पत्र लिएर एक महिना भित्र सम्पर्क गर्नुपर्ने छ ।

यदी तोकिएको समय भित्र लाभांश लिन नआएमा उक्त रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।