साधारण सभाले बैंकको कार्यक्षेत्र विस्तार गर्ने,प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ । प्रबन्ध–पत्र तथा नियमावलीमा फेरबदल गर्न कुनै निर्देशन प्राप्त भएमा सञ्चालक समिति लाई अख्तियारी दिने निणर्य पनि साधारण सभाले गर्नेछ ।
हाल बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रूपैंया छ । दोस्रो त्रैमासिक वित्तीय विवरणमा एक्सेलले ७ करोड ५१ लाख खुद नाफा गरेको छ ।