यसरी सिआईबीको अप्रेशनमा परे तत्कालीन एपेक्स बैंक घोटालाका आरोपी, जुठो हातमै समातिए

Mar 16, 2018 merolagani

लामो समय लगाएर एनसीसी बैंकमा मर्ज भएको एपेक्स बैंकका सबैजसो शीर्ष कर्मचारी अनुसन्धानको दायरामा तानिएका छन् । यसका लागि सिआईबीले एनसीसी बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकलाई केन्द्रमा राखेको थियो ।

शुक्रबार बिहान ८ बजे पूँजी वृद्धि योजनामा हकप्रद निष्काशन कसरी अघि बढाउने भन्ने विषयमा छलफल चल्यो । बैंकका आधारभूत सेयरधनीले चैत ५ गतेभित्र हकप्रद सेयर खरिद गरिसक्नु पर्ने व्यवस्था थियो । तर धितोपत्र बोर्ड र कम्पनी रजिष्टार कार्यलयबाट स्वीकृति नभइ हकप्रद सेयर नकिन्ने एनबी समूहका जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले अडान लिँदै आएका थिए ।

धितोपत्र बोर्डले एपेक्सतर्फको समस्या समाधान नभई हकप्रदलाई अघि लैजान नसकिने भन्दै ताकेता गरिरहेको थियो । उता कम्पनी रजिष्ट्रारको कार्यालयले पनि बैंकले तयार गरेको कागजातको लगत उठाइ सकेको अवस्थामा एकाएक अहिलेकै अवस्थामा अघि बढ्न नमिल्ने भन्दै थप अनुसान्धान गर्ने बताउँदै आएको थियो । यसरी नियामक निकायबाट चौतर्फी दवाब आए पछि एनसीसी सञ्चालक समितिले राष्ट्र बैंकको सहयोग माग्ने निर्णय गरी गभर्नर डा चिरञ्जिवी नेपाललाई भेट्न गए । १० बजे गभर्नरले समय दिएपछि एनसीसीका सबै सञ्चालकहरू राष्ट्र बैंक पुगेर समस्याको विषयमा छलफलमा बसेका थिए ।

एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने, एनसीसीका सञ्चालक तथा तत्कालिन एपेक्सका अध्यक्ष विष्णु धिताल लगायतको टोली गभर्नरसहित बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल लगायतसँग भेट गरी समस्या अवगत गराएर बाहिर निस्कियो । बाहिर निस्किएको टोली कमलादीस्थित रोयलसिंगी होटलमा खाना खान पुग्यो । सोही बखत सिआईबीले एपेक्सका ऋण शाखाका अधिकृत तथा एपेक्सका तत्कालिन प्रमुख कार्यकारी अधिकृत, प्रबन्धकहरुलाई धमाधम बिभिन्न स्थानबाट पक्राउ गर्न थाल्यो ।

त्यस बखत रोयलसिंगीमा खाना खाईरहेका एनसीसीका सञ्चालक तथा तत्कालिन एपेक्सका अध्यक्ष विष्णु धिताललाई मेरोलगानीले फोन गरेर के भएको हो ? भन्ने जिज्ञासा तेस्र्यायो । उनी अक्क न बक्क भए, केही जवाफ दिन सकेनन् । सोही बेला होटल परिसरमा सिआईबीका अधिकृतहरू तैनाथ भैसकेका थिए । होटल जाँदा एउटा गाडीमा गएका धिताल सिआईवीको विषेश गाडीमा त्यहाँबाट बाहिरिए । खाना खाईरहेका धिताल एकाएक बाहिरिए पछि सँगै रहेका एनसीसीका अरु उच्च अधिकारीहरु अलमलमा परेका थिए । एनसीसी बैंकका अध्यक्ष न्यौपाने आफ्नो पितृकाे श्राद्ध गर्नका लागि गैडाकोटतर्फ हान्निए ।

अरू सबै कर्मचारी एक कान दुई कान मैदानको अवस्थामा बैंकको बागबजारस्थित केन्द्रिय कार्यालयमा पुग्दा अवस्था सन्नाटायुक्त थियो । तर कसैलाई के भईरहेको हो भन्ने जानकारी थिएन । सबै अनुमानका भरमा कर्मचारी पक्राउका सम्बन्धमा कुराकानी गरिरहेका थिए ।

...[यी हुन सीआईबीले पक्राउ गरेका एनसीसी घोटलामा संलग्न १३ अभियुक्त]...

एनसीसीमा मर्ज हुने सम्झौता भए पछि एपेक्सले मर्जर समितिलाई जानकारी नगराई मुलुकभरका विभिन्न शाखाबाट २ अर्ब रूपैंया बराबरको कर्जा प्रवाह गरेको थियो । यस सम्बन्धमा राष्ट्र बैंकले विशेष निरीक्षण टोली खटाएर अनुसन्धान गरी सो को प्रतिवेदन गोप्य राखेको थियो । सोही प्रतिवेदनमा उल्लेख भएका व्यक्तिहरूको नामावलीका आधारमा सिआईबीले शुक्रबार बिहानदेखि ठूलो संख्यामा कर्मचारी पक्राउ गरेको थियो । यस क्रममा सूचीमा परेका अझै केही कर्मचारी भागमभागको अवस्थामा रहेको बुझिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।