डेढ अर्ब घोटाला काण्डले एनसीसी बैंक र निक्षेपकर्तालाई कुनै समस्या पर्दैन : राष्ट्र बैंक

Mar 16, 2018 Merolagani

एनसीसी बैंक (NCCB) मा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढीको घोटालाले बैंक र बैंकका निक्षेपकर्तालाई कुनै असर नपर्ने राष्ट्र बैंकले बताएको छ ।अनियमितता भएको रकम बराबरको कर्जाको नोक्सानी व्यवस्थापन भईसकेकाले बैंकका बचतकर्तालाई कुनै अफ्ठेरो नपर्ने राष्ट्र बैंकको भनाई छ ।

बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले एपेक्स बैंकबाट दुरुपयोग भएको दुई अर्ब बराबरको कर्जाको शतप्रतिशत नोक्सानी व्यवस्था भइसकेकाले बैंक र बैंकका बचतकर्तालाई कुनै असर नपर्ने मेरो लगानीलाई जानकारी दिए ।

उक्त बैंकबाट प्रवाह भएको दुई अर्ब रुपैयाँ हाराहारीमा कर्जाको ब्याज र किस्ता उठ्न छाडेपछि राष्ट्र बैंकले नोक्सानी ब्यवस्थापन गर्न लगाएकाले बैंकलाई कुनै समस्या नपर्ने उनले बताए ।

कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको छ ।

 झण्डै दुई अर्ब यस्तो कर्जामध्ये झण्डै एक अर्ब पचास करोड ९६ लाख रुपैयाँ घोटाला गरेको आरोप केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को छ । ४९ करोड बराबरको कर्जा भने असुली भईसकेको छ ।  

उनीहरुले एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट गाभीने सहमति भए पश्चात मर्जरको फाइदा उठाउँदै अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेको आरोप लगार्इएको छ । उनीहरुले एक अर्ब ५० करोड ९६ लाख ३३ हजार निक्षेप दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको हो ।

निश्चित क्षेत्रको कमसल जमिनमा विभिन्न ऋणी खडा गरी कर्जा प्रवाह गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

कमशल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको पाइएकाले सो बैंकका सञ्चालक समिति सदस्यसहित कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । प्रहरीले बैंकिङ कसुर गरेका केही व्यवसायी र बैंक कर्मचारीलाई यसअघि पनि पक्राउ गरी कारबाही गर्दै आएको भएपनि एपेक्स बैंक प्रकरण भने हालसम्मकै ठूलो हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।