डेढ अर्ब घोटाला छानबिनमा आएपछि एनसीसीले भन्यो:हामी अझै सुदृढ हुन्छौ

Mar 18, 2018 merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) ले डेढ अर्ब घोटाला प्रकरणबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दे बैंकको वित्तीय अवस्थामा कुनै प्रतिकूल असर नपर्ने बताएको छ । साथै आफ्ना निक्षेपकर्ता, शेयरधनी, ग्राहक तथा सम्बन्धित सबैमा निश्चिन्त रहन आग्रह गरेको छ ।

बैंकले आइतबार विज्ञप्ती जारी गर्दे केन्द्रीय अनुसन्धान ब्युरोबाट भएको अनुसन्धानले खराब कर्जा असुलीमा समेत टेवा पुग्ने बताएको छ । बैकले राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त रकम बराबरको रकम कर्जा जोखिम व्योहोर्ने कोषमा पहिल्यै नै राखिसकेकाले बैंकको वित्तीय अवस्थामा कुनै प्रभाव नपर्ने उल्लेख गरेको छ ।

साथै बैंकले उक्त अनुसन्धानको बिषय साविकका रोयल मर्चेन्ट, अपि फाईनान्स र रारा विकास बैंक गाभिइ बनेको एपेक्स डेभलपमेन्ट बैंकले गरेको कर्जासँग सम्बन्धित रहेको प्रष्ट गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले साविक एपेक्स बैंकसँग सम्बद्ध संचालक तथा कर्मचारीगरी १३ जनालाई पक्राउ गरिको र यो अनुसन्धानले साविकको एपेक्सबाट वितरण भएको कर्जा असुलीमा सहयोग पुग्ने विस्वास बैंकको छ ।

एनसीसी घोटला प्रकरणः ऋणीको ठेगाना बाढी पीडित बस्ती, बाँदर लड्ने भीरमा सडक
डेढ अर्ब घोटाला काण्डले एनसीसी बैंक र निक्षेपकर्तालाई कुनै समस्या पर्दैन : राष्ट्र बैंक
सञ्चालक तथा कर्मचारी पक्राउ परेपछि के भन्छ एनसीसी बैंक ?
यसरी सिआईबीको अप्रेशनमा परे तत्कालीन एपेक्स बैंक घोटालाका आरोपी, जुठो हातमै समातिए
यी हुन सीआईबीले पक्राउ गरेका एनसीसी घोटलामा संलग्न १३ अभियुक्त
एनसीसी घोटालामा मुछिएका कस-कसलाई सीआईबीले गर्यो पक्राउ ?
कसरी भयो एनसीसी बैंकमा डेढ अर्ब बढीको घोटाला ?
एक अर्ब बढी घोटालाको आशंकामा एनसीसी बैंकका दर्जनाैं कर्जा अधिकृतहरु प्रकाउ

मर्जर सम्झौता भएपछि एपेक्सले मर्जर समितिलाई जानकारी नगराई २ अर्ब रुपैयाँ हाराहारीको कर्जा प्रवाह गरेको थियो । अहिले ४८ करोड रुपैयाँ बराबरको रकम मात्र भुक्तानी भएको छ भने बाँकी १ अर्ब ५२ करोड रुपैयाँ कर्जा नोक्सानी कोषमा व्यवस्थापन भएको छ । यो रकम असुली नभएपछि राष्ट्र बैंकको आग्रहमा केन्द्रीय अनुसन्धान ब्यूरोले कारबाही प्रकृया सुरु गरेको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।