कम्पनीले गत पुस ३ देखि ६ गतेसम्म ७ लाख ६४ हजार ५५० कित्ता आइपिओ निष्कासन गरेको थियो ।
कम्पनीको आइपिओ ७१ हजार १०२ आवेदकले दश कित्ताका दरले प्राप्त गरेका थिए भने एक आवेदकलाई ११ कित्ता सेयर परेको थियो ।
त्यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।
राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । साधारण सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्ने जनाएको छ ।