अरुण फाइनान्सको विहीबारदेखि नाम परिवर्तन, एचएटिएच संकेतमा कारोबार सुरू

Mar 22, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा अरुण फाइनान्स कम्पनीको विहीबारदेखि कारोबार संकेत परिवर्तन भएको छ । यसअघि नै हाथवे फाइनान्स कम्पनीमा नाम परिवर्तन गरेको कम्पनीको विहीबारबाट कारोबार संकेत पनि परिवर्तन भएको हो ।

साविकको अरुण फाइनान्स हाथवे फाइनान्स कम्पनीमा परिवर्तन भएपछि नेप्सेले कम्पनीलाई विहीबारदेखि लागू हुने गरि एचएटिएच (HATH) काराबार संकेत प्रदान गरेको हो ।

 

विहीबारदेखि परिवर्तित कारोबार संकेतमा नै कारोबार सुरु भैसकेको छ । नयाँ संकेतमा कारोबार सुरु भएको दिन विहीबार समग्र नेप्से परिसूचक १० अंकले घट्दा फाइनान्सको सेयरमूल्य भने साढे ४ प्रतिशतले बढेर १४२ रुपैयाँ कायम भएको छ ।

यसअघि समस्याग्रस्त संस्था बनेपछि अरुण फाइनान्सलाई हाथवे इन्भेष्टमेष्ट कम्पनीले खरिद गरेको थियो । कम्पनीको पुस २७ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले कम्पनीको नाम परिवर्तनको गर्ने प्रस्ताबलाई पारित गरेको थियो ।

कम्पनी रजिष्टारकाे कार्यालयले फागुन ३० गते स्वीकृती प्रदान भएपछि चैत २ गतेदेखि अरूण फाइनान्सकाे चल अचल सम्पत्ति र  तिर्नुपर्ने कर दायित्व सबै हाथवे फाइनान्स कम्पनीले गर्ने गरि काराेबार सुरू गरेकाे थियाे । नेप्सेमा चैत ८ गतेबाट नाम र काराेबार संकेत दुबै परिवर्तन भएकाे हाे ।

कम्पनीले राष्ट्र बैंकले ताेकेकाे चुक्ता पूँजी कायम गर्न १८० प्रतिशत हकप्रद जारी गर्ने र हाल रहेकाे ६० प्रतिशत संस्थापक सेयर स्वामित्व ५१ मा झार्ने विशेष प्रस्ताव समेत पारित गरेकाे थियाे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।