योजना अन्तर्गत विदेशबाट आइएमई गर्नेले साप्ताहिक ‘लक्की ड्र’ मा डिस होम, मासिक ‘लक्की ड्र’ मा स्मार्ट फोन र बम्पर ‘लक्की ड्र’ मा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्नसक्ने बताइएको छ । ‘लक्की ड्र’ जानकारी कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेज र सञ्चारका माध्यम मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै मलेसियास्थित रिया आइएमईले नयाँ वर्षमा ‘न्यू इयर बोनन्जा’ स्किम चैत ६ गतेदेखि बैशाख १७ गतेसम्म लागू हुनेगरि सार्वजनिक गरेको छ । योजना अन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्नुहुने सेवाग्राहीले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्नेछन् ।
१७ बर्षदेखि नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ६० आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिटेन्स सेवा प्रदान गर्दे आएको छ ।