राधी विद्युतको सेयर कारोबार खुल्यो, कति तोकियो मूल्य ?

Mar 26, 2018 merolagani

केही महिना अगाडि आईपिओ जारी गरेको राधी विद्युत कम्पनी (RADHI) को सोमबारदेखि नेप्सेमा सेयर कारोबार खुलेको छ । कम्पनीले गत साता नेप्सेमा ४१ लाख कित्ता शेयर सूचीकृत गराएको थियो ।

कम्पनीको सेयर कारोबार आरएडिएचआई (RADHI)  कोडमा हुने नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको सुरु कारोबार मूल्य १३९ रुपैयाँ देखि ३९८ रुपैयाँ तोकेको छ ।

कम्पनीले गत पुस ३ देखि ६ गतेसम्म ७ लाख ६४ हजार ५५० कित्ता आइपिओ निष्कासन गरेको थियो । कम्पनीको आइपिओ ७१ हजार १०२ आवेदकले दश कित्ताका दरले प्राप्त गरेका थिए भने एक आवेदकलाई ११ कित्ता सेयर परेको थियो ।

कुल ७ लाख ६४ हजार ५५० कित्ता सेयरमध्ये कर्मचारीलाई १५ हजार २९१ कित्ता र सामुहिक लगानी कोषका लागि ३८ हजार २२८ कित्ता सेयर छुट्याइएको थियो । बाँकि रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको थियो ।

त्यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । साधारण सेयर निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।