प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँड, २३ जनाले सकारे साढे १२ हजार कित्ता सेयर

Mar 26, 2018 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले फागुन २८ देखि चैत ५ गतेसम्म लिलामीमा राखेको १२ हजार ५०३ कित्ता सेयरको लिलामी सेयर बाँडफाँड गरेको छ । कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा सोमबार बेलुका लिलामी सेयर बाँडफाँड भएको हो ।

कम्पनीको सेयर विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले प्रुडेन्सियलको लिलामी सेयरको कटअफ मूल्य  ६०३ रुपैयाँ कायम भएको जनाएको छ ।

याे मूल्य साेमबारकाे इन्स्याेरेन्सकाे बजार मूल्यभन्दा २४ रूपैयाँ बढी हाे ।कम्पनीको सोमबार दोस्रो बजारमा प्रतिकित्ता सेयरमूल्य ५७९ रुपैयाँ रहेको छ ।

लिलामीमा कूल २६८ जनाले शिलबन्दी बोलपत्र पेश गरेका थिए । सो मध्ये २३ जनाले लिलामीकाे सेयर प्राप्त गरेका छन् । १२ हजार ५०३ कित्ता लिलामी सेयरका लागि एक सय रुपैयाँदेखि अधिकतम ६४० रुपैयाँसम्मको माग आवेदन परेको क्यापिटलले जनाएको छ । 

प्रुडेन्सियल इन्स्योरेन्सले गत पुस १६ गतेदेखि माघ २१ गतेसम्म १० बराबर ३ अनुपातमा १२ लाख ८३ हजार कित्ता हकप्रद सेयरको बिक्री खुला गरेकोमा अवितरित सेयर लिलामीमा ल्याएको थियाे ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।