एफपिओका लगानीकर्ता घाटामा जाने संकेत,६ कम्पनीको मूल्य एफपिओभन्दा कम

Mar 27, 2018 Merolagani

-तीर्थराज पौड्याल
धितोपत्रको दोस्रो बजारबाट महङ्गो मूल्यमा सेयर किन्नेहरु मात्र होइन प्राथमिक बजारबाट नै थप नयाँ साधारण (एफपिओ) सेयर खरिद गर्नेहरु पनि सेयर बजारको तिब्र गिरावटले घाटामा पुग्ने देखिएको छ। अर्थमन्त्री खतिवडाको अभिव्यक्तिपछि सोमबार सर्किट ब्रेक लागेपछि सेयर बजारमा अधिकांश कम्पनीको सेयरमूल्य घटेको छ । अझ एफपिओमा निष्काशन गरेका कम्पनीको सेयरमूल्य एफपिओको मूल्यभन्दा तल झरेको छ।

एफपिओ निष्काशन गरेका १० कम्पनीमध्ये ६ कम्पनीहरु पोखरा फाइनान्स, बुटवल पावर, नेपाल एसबिआई बैंक, प्रिमियर इन्स्योेरेन्स, स्टाण्डर्ड चार्टड बैंक, नेपाल लाइफको सेयरमूल्य एफपिओ भन्दा तल झरेको छ । रिलायन्स फाइनान्स, इन्भेष्टमेन्ट बैंक, शिखर इन्स्योरेन्स, र नेपाल ग्रामिण विकास बैंकको सेयरमूल्य मात्र एफपिओ निष्काशन गरेको मूल्यभन्दा माथि छ ।

एफपिअाेपछि कायम समायाेजित मूल्य, काराेबार मूल्य र नाफा नाेक्सान हिसाब चित्रमा देखाइएकाे छ ।

 

चैत १२ गतेसम्मको तथ्याङ्कको आधारमा हेर्ने हो भने बुटवल पावर कम्पनी र पोखरा फाइनान्स कम्पनीका सेयरधनीले घाटा व्यहारेका छन् । यी कम्पनीको समायोजित मूल्य २०५ र ५०१ रुपैयाँ रहेको छ तर बजार मूलय भने क्रमश १४० र ४३६ रुपैयाँमा झरेको छ ।

एफपिओ निष्काशन गरेको प्रिमियर इन्स्योरेन्स, नेपाल एसबिआई बैंक र प्रिमियम बिना एक सय रुपैयाँमा एफपिओ निष्काशन गरेको रिलायन्स फाइनान्सको सेयरमूल्य पनि एफपिओ निष्काशनकै मूल्यमा झरिसकेको छ ।

प्रिमियर इन्स्योरेन्स, नेपाल एसबिआई बैंक र रिलायन्स फाइनान्सको समायोजित सेयरमूल्य क्रमश ७०४,४९४ र ९१ रुपैयाँ रहेको छ । बजार मूल्यका आधारमा हेर्दा प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ७१०, एसबिआई बैंकको ५१६ र रिलायन्स फाइनान्सको ११६ मा झरेको छ । बजारमा थोरै मात्र मूल्य घट्ने हो भने यी तीनै कम्पनीका सेयरधनीले पनि घाटा व्यहोर्ने तथ्याङ्कले देखाउँछ ।

हेर्नुहाेस् कुन कम्पनीले कहिले, कति मूल्यमा, कति कित्ता एफपिअाे निष्काशन गरेका थिए :-

 

नेपाल ग्रामिण विकास बैंकले पनि प्रिमियम बिना एक सय रुपैयाँमा एफपिओ निष्काशन गरेकाले यस कम्पनीमा लगानीकर्ता भने सोमबारको बजार मूल्यका आधारमा ३३८ रुपैयाँ नाफामै रहेको देखिन्छ । लगानीको मूल्यका आधारमा यो नै सबै कम्पनीको तुलनामा उच्चतम (३३८प्रतिशत) नाफा हो ।

शिखर इन्स्यारेन्को एफपिओपछि वितरण गरेको दुई आवको बोनस समायोजन गर्दा समायोजित सेयरमूल्य ३१५ रुपैयाँ रहेको छ । समायोजित मूल्यका आधारमा लगानीकर्तालाई प्रतिकित्ता ५७५ रुपैयाँ नाफा देखिएपनि ६५० रुपैयाँ लगानीको आधारमा १८२ प्रतिशत मात्र नाफा देखिन्छ ।
त्यसैगरि बलियो मानिएको इन्भेष्टमेन्ट बैकका लगानीकर्ता ४५.८१ प्रतिशत, नेपाल लाइफको लगानीकर्ता ३५.५३ प्रतिशत, र शतप्रतिशत बोनस वितरण गरेको स्टाण्डर्ड चार्टडका लगानीकर्ता जम्मा २८.६८ प्रतिशत मात्र नाफामा देखिन्छन् । इन्भेष्टमेन्ट बैकको प्रतिकित्ता सेयरमूल्य ६३५, नेपाल लाइफको १५४५ र स्टाण्डर्ड चार्टडको प्रतिकित्ता ८३० रुपैयाँमा झरेको छ । यी कम्पनीले क्रमश ६०१, १४२५ र १२९० रुपैयाँमा एफपिओ निष्काशन गरेका थिए ।

एफपिअाे निष्काशन गरेपछि कम्पनीले मूल्य समायाेजनका लागि वितरण गरेका बाेनस र हकप्रदकाे अनुपात:-

 (उल्लेखित समाचारमा पाेखरा फाइनान्स,नेपाल लाइफ र प्रिमियर इन्स्याेरेन्स कम्पनीले गत अावकाे नाफाबाट बाेनस घाेषणा गरेपनि बुकक्लाेज नभएकाले मूल्य समायाेजन गरिएकाे छैन )

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।