कम्पनीको प्रतिकित्ता सेयरमूल्य १३७ रुपैयाँ रहेको छ । राष्ट्र बैंकको नीतिगत व्यवस्था बमोजिम चुक्ता पूँजी र पूँजीकोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरी संस्थालाई सुचारु रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेको र हाल संस्था सुधारोन्मुख देखिएकोले सो बैंकलाई समस्याग्रस्तबाट मुक्त गर्ने निर्णय गरेको थियो ।
राष्ट्र बैंकले सात बुँदे शर्तसहित कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्थाको सूचिबाट हटाएको हो ।
शर्तसहित कर्पाेरेट डेभलपमेन्ट बैंक समस्याग्रस्तबाट मुक्त
संस्थागत सुशासन कमजोर र खराब कर्जा अत्यधिक भएपछि राष्ट्र बैंकले २०७१ साल पुस ४ गते उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो ।