क्यापिटलले एक अर्बको कोषको आकारमा इकाई जारी गरेपनि फण्डमा ६७ करोड रुपैयाँको मात्र आवेदन परेपछि फण्डको आकार घटेर ८२ करोड रुपैयाँमा खुम्चिएको थियो ।
क्यापिटलले बिक्रीमा ल्याएको इकाईमध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशन र ६ करोड ५० लाख इकाई सर्वसाधारणमा वितरण गरिएको थियो । फण्डको इकाईमा आवेदन दिएकाहरु मध्ये रद्ध भएका ३५ जना बाहेक सबै लगानीकर्ताले इकाई प्राप्त गरेका थिए ।
सात बर्षे अवधिको उक्त म्युचुअल फण्डले औसतमा साढे २२ प्रतिशतका दरले वार्षिक प्रतिफल दिने लक्ष्य लिएको छ । यो सीबीआईएल क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । ईकाई बिक्रीबाट संकलन भएको अधिकांश रकम सेयर बजारमै लगानी गर्ने योजना फण्डको छ ।
सि.बि.आई.एल. क्यापिटल सिटिजन्स् बैंकको सहायक कम्पनी हो । क्यापिटलले शेयर निष्काशन तथा विक्री प्रबन्धक सँगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।