रैराङ हाइड्रोको ८ लाख ४० हजार कित्ता आईपिओ आउने

Apr 22, 2018 merolagani

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (RAIRANG) ले ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपिओ बिक्री गर्ने भएको छ । कम्पनीलाई धितोपत्र बोर्डले कर्मचारी र सर्वसाधारणलाई लागि गरेर ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन गर्न अनुमति दिएको छ ।

यसअघि कम्पनीले गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीको सेयर बिक्री तथा निष्काशनका लागि एस क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेको छ ।

रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ ।

इवाखोला जलविद्युत आयोजनामा २५ प्रतिशत बराबरको १४ लाख कित्ता सेयर रिडी हाइड्रोपावरको नाममा रहेको छ । रैराङ हाइड्रोपावरले यसअघि धादिङमा ५०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत्त उत्पादन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।